दफा ६६क
कर्मचारी शेयर बिक्री योजना
(१) कम्पनीले
कम्पनीको वा कम्पनीको सहायक वा मुख्य
कम्पनीको वा कम्पनीको मुख्य कम्पनीको
सहायक कम्पनीको सञ्चालक वा कर्मचारीलाई
शेयर निष्कासन वा जारी गरी शेयर खरिद गर्न
पाउने गरी योजना लागू गर्न सक्नेछ।
तर सञ्चालकको हकमा त्यस्तो सञ्चालक सम्बन्धित कम्पनीको नियमित रोजगारीमा रहेको हुनु पर्नेछ।
(२) उपदफा (१) बमोजिमको योजना अन्तर्गतको शेयर खरिद (गर्ने वा नगर्ने अधिकार सम्बन्धित सञ्चालक : वा: कर्मचारीमा निहित रहनेछ।
(३) उपदफा (१) बमोजिमको योजना लागू गर्नुअघि कम्पनीको साधारण सभाबाट विशेष प्रस्ताव पारित गराउनु पर्नेछ।
(४) उपदफा (१) बमोजिमको योजनामा देहायका विवरण समावेश गर्नु पर्नेछ:-
(क) खरिदका लागि निष्कासन वा जारी गरिने शेयर सङ्ख्या,
(ख) त्यस्तो योजनामा भाग लिन पाउने कर्मचारीको विवरण,
(ग) शेयर खरिदका लागि खुला रहने अवधि,
(घ) शेयरको खरिद मूल्य,
(ङ) प्रत्येक कर्मचारीले खरिद गर्न पाउने शेयर सङ्ख्या,
(च) अन्य उपयुक्त कुरा। (५) यस दफा बमोजिम कर्मचारीले खरिद गरेको शेयर सम्बन्धित कम्पनीले निर्धारण गरेको अवधिभर बिक्री वितरण गर्न पाउने छैन।
(६) शेयर खरिदका लागि खुला रहने अवधिसम्म बहाल रहेको कर्मचारीले उपदफा (१) बमोजिमको योजनामा: सहभागी हुन सक्नेछ।
(७) कुनै कर्मचारीले शेयर खरिदका लागि खुला रहने अवधिभित्र शेयर खरिद नगरेमा त्यस्तो खरिद नगरिएको शेयर सङ्ख्या अन्य कर्मचारीलाई खरिद गर्न खुला गर्न सकिनेछ।
(८) दफा १०९ को उपदफा (४) बमोजिम ८ तयार गर्नु पर्ने प्रतिवेदनमा कर्मचारी शेयर बिक्री योजना बमोजिम शेयर निष्कासन तथा“ खरिद भएको विवरण पनि उल्लेख गर्नु पर्नेछ।